Media Network

दशैंको चहलपहल सुरु, काठमाडौं भित्रिदै खसीबोका 


खबरस्टोरी संवाददाता

२२ आश्विन २०७८,शुक्रबार

काठमाडौं \ यो बर्षको दशैका लागी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ठुलो परिमाणमा खसीबोका काठमाडौं भित्राएको छ । उपत्यका बाहिर दाङ र हेटौंडाबाट मात्रै झण्डै ५ सय भन्दा बढी खसीबोका काठमाडौ आइपुगेको छ । 

कम्पनीले खसीबोकाको मूल्य तय गरेर शनिबारदेखि बिक्री वितरण थाल्ने बताएको छ  । 
बजारमा जिउँदो खसी बोकाको मूल्य ५५० देखि ७५० रुपैयाँसम्म रहेको छ ।  कम्पनीले बजार भाउ भन्दा सस्तो दरमा बिक्री गर्ने भएको छ । 

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्यांग्रा  बिक्री गर्दै आएको छ । तर, यस वर्ष भने खसीबोका मात्रै बिक्री गर्ने कम्पनीले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद