देउखुरी। देउखुरीको गढवा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका यमनारायण शर्मा पोखरेल छ हजार ९०९ मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सर्वजीत डीसीले ६ हजार १६७ मत ल्याए । उपाध्यक्षमा नेपाली कांग्रेसका शारदाकुमारी चौधरीले पाँच हजार ८८१ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सीताकुमारी चौधरीले चार हजार ८३० मत ल्याइन् ।