Media Network

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमाल फाराकीले मतले अगाडी


खबरस्टोरी संवाददाता

१ जेष्ठ २०७९,आईतवार

धनगढी । सुदूरपश्चिमको एकमात्रै उप महानगरपालिका धनगढी उप–महानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल  फाराकीले मतले अगाडी देखिएका छन् । 

धनगढीमा ३ हजार १५३ मतगण्ना हुँदा स्वतन्त्र उम्मेदवार हमाल १४ सय ७२ मत सहित अगाडी छन् । नेपाली कांग्रेसका उम्मेदवार नृप वडले ८६३ नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले १४४ मत प्राप्त गरेका छन् ।

उप प्रमुखमा माओवादीकी शान्ति कुमारी अधिकारी क्षत्री ७३८ मत सहित अगाडी छन् । स्वतन्त्र उम्मेदवार प्रभाकुमारी भण्डारीले ५११ मत ल्याउदा नेकपा एमालेकी कन्दकलाकुमारी रानाले ४११ मत ल्याएकी छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद