नेकपा एकालेका मेयर उम्मेदवार शिवशंकर महतो ७ हजार ५६ मत प्राप्त गरी निर्वाचित भएका हुन् भने उपमेयरमा नेपाली कांग्रेसका संगीता कुमारी चौधरी ६ हजार ६१३ मत प्राप्त गर्दै निर्वाचित भइन् ।
एमालेका जिल्ला सचिवसमेत रहेका महतोको निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले ६ हजार ९०१ मत प्राप्त गरे ।
यस्तै, माओवादी केन्द्रका मेयरका उम्मेदवार हरिनारायण चौधरीले ४ हजार ३६९ मत प्राप्त गरे ।
उपमेयरमा निर्वाचित संगीता कुमारी चौधरीले ६ हजार ६१३ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शोभा कुमारी बरालले ६ हजार ३७८ मत ल्याइन् ।
यसअघिकी उपमेयर नेकपा माओदी केन्द्रकी फूलकुमारी श्रेष्ठले ४ हजार ३१४ मतसहित तेस्रो स्थानमा रहँदै पराजित भइन् ।
१४ वडा रहेको धनगढीमाई नगरपालिकामा नेपाली कांग्रेसले ६ वटा, नेकपा माओवादी केन्द्रले ३ वटा, नेकपा एमालेले २ वटा, नेकपा एकीकृत समाजवादी १, जसपा १, जनमत १ वडामा विजयी भएका छन् ।