निर्वाचित विशेश्वरले तीन हजार ८८७ मत पाउँदा पशुपतिले दुई हजार ८५९ मत मात्र प्राप्त गरे । उपप्रमुखमा पनि कांग्रेसकै उम्मेदवार शिलादेवी मण्डल तीन हजार ८८७ मत ल्याएर निर्वाचित भएकी छिन्। उनको निकटतम प्रतिद्वन्द्वी जसपाकी पुनिता कुमारीले दुई हजार ७६६ मत मात्र ल्याइन्।
सहिदनगर नगरपालिकाको प्रमुखमा जसपा र उपप्रमुख नेपाली कांग्रेस
धनुषाको शहीदनगर नगरपालिकामा प्रमुख जनता समाजवादी पार्टी (जसपा) र उपप्रमुखमा नेपाली कांग्रेसले जितेको छ ।
प्रमुखमा यादवले पाँच हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधीरकुमार गोइतले चार हजार १०५ मत प्राप्त गरे। उप प्रमुखमा सुनिताले चार हजार ९३१ मत ल्याएर निर्वाचित हुँदा जसपाको लक्ष्मीनिया कुमारी मण्डलले चार हजार ७९१ मत प्राप्त गरिन् ।