धरानमा लौरो चिन्ह पाएका साम्पाङ् विजयी


खबरस्टोरी संवाददाता
७ जेष्ठ २०७९, शनिबार
धरानमा लौरो चिन्ह पाएका साम्पाङ् विजयी
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा लौरो चिन्ह पाएका स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । उनले गठबन्धनका कांग्रेस उम्मेदवार किशोर राईलाई पराजित गरेका हुन् । राईले १३ हजार ४ सय ५ मत प्राप्त गरे ।

उपमेयरमा गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्र विक्रम बेघा निर्वाचित भए । बेघाले एमालेलाई पदम प्रसाद लिम्बुलाई पराजित गरे ।