यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो । स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।
कुन पदमा कति उम्मेदवार ?
मेयर ः ३ हजार २६१
अध्यक्ष ः ३ हजार २५४
उपमेयर ः २ हजार ३
उपाध्यक्ष ः २ हजार २९२
वडाध्यक्ष ः ३२ हजार ५९
महिला सदस्य ः २३ हजार ३ सय ७५
दलित महिला सदस्य ः २१ हजार ११५
सदस्य ः ४८ हजार ९१०
आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।
१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।