स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले बुधबार र विहीबार छानबिन गरी विहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने े निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए ।
बिहीबार उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने र वैशाख १६ गते शुक्रबार नामावली फिर्ता लिन चाहनेले फिर्ता लिन सक्ने आयोगले जनाएको छ । शुक्रबार उम्मेदवार फिर्ता लगत्तै अन्तिम नामावली प्रकाशन गरिनेछ र वैशाख १७ गते शनिवार उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।
देशैभरका ६ महानगर, ११ उपमहानगरसहित ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि वैशाख ३० गते मतदान हुँदैछ ।
निर्वाचन कार्यतालिका :