Media Network

११ उपमहानगरमा गठबन्धनलाई १३ धक्का !


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

काठमाडौं । देशभरका ११ वटा उपमहानगरपालिकामा पाँच दलीय सत्ता गठबन्धनले १३ धक्का ब्यहोरेको छ । जुनसुकै हालतमा पनि महानगर र उपमहानगरमा एमालेलाई सिध्याने रणनीतिमा चुनावी तालमेल गरेका गठबन्धनका उम्मेदवारले ११ उपमहानगरमध्ये ६ वटा मेयर र ७ उपमेयर गुमाएको छ । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले सबै उपमहानगरमा चुनावी तालमेल गरेको थियो । 

उक्त बलियो गठबन्धनकाबीच पनि एमालेले ३ वटा उपमहानगरको मेयर तथा स्वतन्त्र उम्मेदवार एक्लैले ३ उपमहानगरको मेयर जितेका छन् । 

अझ गठबन्धनबाट मेयर निर्वाचित भएको उपमहागरको ७ वटा उपमेयर पद पनि एमालेले नै हत्याएको छ । 

एमालेले बाराको कलैया, दाङको घोराही र तुल्सीपुरको मेयर उपमेयर नै जितेको छ भने स्वतन्त्रले धरान, जनकपुरधाम र धनगढीको मेयर जितेका छन् । 

यस्तै, गठबन्धनले मेयर जितेको जितपुर सिमरा र बुटवल तथा स्वतन्त्रले मेयर जितेको धनगढीमा समेत एमालेले उपमेयर जितेको छ । 


११ उपमहानगरपालिकामा कसले जिते, कसले हारे ?

१) सुनसरीको इटहरी उपमहानगरको मेयर कांग्रेसका हेकमर्ण पौडेल ३३ हजार ०४९ मतले विजयी ।                    

इटहरी उपमहानगर उपमेयर एमालेकी संगीताकुमारी चौधरी ३२ हजार ४३६ मतले विजयी । गठबन्धनबाट एकीकृत समाजवादीका केशवकुमार विष्टलाई १८ हजार ३१ मतसहित पराजित । 

२) सुनसरीको धरान उपमहानगरको मेयर स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ राई २० हजार ८२१ मतले विजयी । गठबन्धनबाट कांग्रेसका किशोर राई १६ हजार ५९ मतले पराजित । 

धरान उपमहानगरको उपमेयरमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा २० हजार ५१० मतले विजयी । 

३) धनुषाको जनकपुरधाम उपमहानगर मेयर स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १३ हजार ४५६ मतले विजयी । गठबन्धनबाट जसपाका लालकिशोर साह ५ हजार १९४ मतले पराजित । 

जनकपुरधामको उपमेयरमा कांग्रेसकी किशोरी साह १५हजार ५२५ मतले विजयी । 

४) बाराको कलैया उपमहानगर मेयर एमालेका विनोद प्रसाद साह २४१७४ मतले विजयी । गठबन्धनबाट कांग्रेसका राजेश राय यादव १८ हजार ५४० मतले पराजित । 

कलैयाको उपमेयरमा एमालेका रौशन परबिन १९ हजार २५१ मतले विजयी । गठबन्धनबाट जसपाका प्रमोद प्रसाद गुप्ता १८ हजार ३०४ मतसहित पराजित । 

५) बाराको जितपुरसिमरा उपमहानगर माओवादी केन्द्रका राजन पौडेल १८ हजार ७४३ मतले विजयी । 

जितपुरसिमरामा उपमेयर एमालेका भोला प्रसाद अधिकारी १७ हजार ४९२ मतले विजयी । गठबन्धनबाट कांग्रेसकी मेघा शाही १५ हजार २४२ मतले पराजित । 

६) मकवानपुरको हेटौडा उपमहानगर एकीकृत समाजवादीकी मीनाकुमारी लामा २३ हजार ७५ मतले विजयी । 

उपप्रमुख कांग्रेसका राजेश बानियाँ ३२५९३ मतले विजयी । 

७) रुपन्देहीको बुटवल उपमहानगर कांग्रेसका खेलराज पाण्डे ३० हजार २४९ मतले विजयी । 

उपमेयर एमालेकी सावित्रादेवी अर्याल २५०६१ मतले विजयी । 

गठबन्धनका जसपा उम्मेदवार चीनबहादुर गुरुङ १७ हजार २३ मत पाएर पराजित । 

८) दाङको घोराही उपमहानगर एमालेका नरुलाल चौधरी ३१ हजार ७२८ मतले विजयी । गठबन्धनबाट माओवादीका हेमराज शर्मा पोखरेल २६ हजार ३६८मतले पराजित । 

घोराही उपमेयरमा पनि एमालेकै हुमकुमारी डिसी ३० हजार ४०३ मतले विजयी । गठबन्धनबाट कांग्रेसका भुपबहादुर डाँगी क्षेत्री ३० हजार ३५४ मतले पराजित । 

९) दाङ तुल्सीपुर मेयर एमालेका टिकाराम खड्का २३ हजार २१३ मतले विजयी । गठबन्धनबाट कांग्रेसका गेहेन्द्र गिरीलाई २१ हजार ५५८ मतसहित पराजित । 

तुल्सीपुरको उपमेयरमा एमालेकै स्यानी चौधरी १७ हजार ९२ मतले विजयी । 

गठबन्धनबाट एकीकृत समाजवादीका जोगबहादुर रानामगर  १२ हजार ३२३ मतसहित पराजित । 

१०) बाँके नेपालगञ्ज उपमहानगर मेयर कांग्रेसका प्रशान्त विष्ट २३ हजार ४६० मतले विजयी । 

उपमेयर जसपाका कमरुद्धिन राई १७ हजार ९५० मतले विजयी । 

११) कैलालीको धनगढी उपमहानगर मेयर स्वतन्त्र गोपाल हमाल २६ हजार ८६५ मतले विजयी । गठबन्धनबाट कांग्रेसका नृप बहादुर वड १४ हजार ८१७ मतसहित पराजित । 

धनगढी उपमेयरमा एमालेकी कन्दकला कुमारी राना १५ हजार ४७९ मतले विजयी । गठबन्धनबाट माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी क्षेत्री १२ हजार ६७० मतसहित पराजित । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद