Media Network

वाणगङ्गामा एमाले र कपिलवस्तुमा जसपा विजयी


खबरस्टोरी संवाददाता

५ जेष्ठ २०७९,बिहीबार

कपिलवस्तु। कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपा ( एमाले)ले जित हात पारेको छ भने कपिलवस्तु नगरपालिकाको प्रमुख उपप्रमुखमा जनता समाजवादी पार्टीले विजय हासिल गरेको छ ।

वाणगङ्गामा एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणि अर्यालले १८ हजार ९९९ मत प्राप्त गरी निर्वाचन जितेका हुन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रवीराज आचार्यले १८ हजार ३६० मत प्राप्त गरेका हुन् । दुबैबीच ६३९ मतको अन्तर छ ।

त्यसैगरी, उपप्रमुखमा एमालेकै रीता चौधरीले १९ हजार ३९८ मत ल्याई चुनाव विजयी भाइन् । उनको प्रतिस्पर्धी कांग्रेसकी तारावती थारूले १८ हजार ४६४ मत प्राप्त गरेकी छिन्। वाणगङ्गामा एमालेले नगरप्रमुख र उपप्रमुखसहित ६ वटा वडा जितेको छ । कांग्रेसले चार वडा र माओवादीले एउटा वडा जितेको छ ।

कपिलवस्तुको नगरप्रमुखमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट सुदिप पौडेल निर्वाचित भएका छन् । पौडेलले ११ हजार ९०६ मत प्राप्त गरेका छन् । पौडेलले एमालेबाट प्रमुखको उम्मेदवार बनेका डा राजेश गुप्तालाई तीन हजार १२४ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । गुप्ताले ८ हजार ७८२ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा जसपाकै सुनिता गुप्ता निर्वाचित भएकी छिन ।  उनले नौ हजार ५७० मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी तुलसा पाण्डेय गैरेले नौ  हजार ३७९ मत प्राप्त गरेकी छिन् । कपिलवस्तुका वडामा भने कांग्रेसले धेरै सिट जितेको छ । वडा नं ३ ,५, ८,१० र १२ कांग्रेसले जितेको छ । वडा नं २ ,४,६ र ९ एमालेले जितेको छ । वडा नं १, ११ र  ७ मात्र जसपाले जितेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद