विप्लवको गृह पालीकामा नै राप्रपाका मेयरका उम्मेदवार अजय थापाले १६८१ मत प्राप्त गरी सबै भन्दा अगिाडी छन् । दोस्रोमा एमालेका महादेव पोखरेलले १३०५ मतले थापालाई पछ्याइरहेका छन् । त्यस्तै जसपाका कृष्ण कुमार चौधरीले २२६ मत प्राप्त गरी चौथो स्थानमा छन् । भने यता नेकपाका महासचिव समेत रहेका विप्लवका पार्टीका उम्मेदवारले कति मत प्राप्त गरेका छन् भन्ने जानकारी छैन् ।
त्यस्तै विप्लवले एमाले र कांग्रेस संग तालमेल गरेको रुकुम रोल्पाका केही पालिका समेत पराजीत भएक छन् । कालीकोटमा विप्लवको प्रभाव क्षेत्र भनिए पनि निर्वाचनमा त्यहा पनि अग्रता कायम गर्न सकेको अवस्था छैन् । पार्टीका प्रवक्ता समेत रहेको खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को गृहपालीका नरहरीनाथ गाउँपालीकामा समेत नेपाली कांग्रेसका नगेन्द्र बहादुर विष्ट ४१६ मत सहित अग्र स्थानमा छन् भने दोस्रो स्थानमा नेकपा एमालेका टक बहादुर बुढाले ४०६ मत प्राप्त गरी विष्टलाई पछ्याइरहेका छन् । यो गाउँपालीकामा विप्लव पार्टीको तर्फबाट केन्द्रीय सदस्य एटम विसी र उपाध्यक्षमा कलसा वि.क ले उम्मेदवारी दर्ता गराएका थिए । नरहरी नाथ गाउँपालीकाको वडा नम्बर १ र ४ मा नेकपा विप्लवले स्वतन्त्र रुपमा पठाएका उम्मेदवारहरु पराजीत भएको भएका छन् ।
रास्कोट नगरपालीकाको प्रमुखमा पार्टीकी केन्द्रीय सदस्य धिरेन्द्रा उपाध्याय र उप प्रमुखमा फुलटौरा बिकले उम्मेदवारी दिएका छन् । यसरी अहिले सम्मको परिणामलाई हेर्दा बलियो भनिएको नेता विश्वकर्माको गृह जिल्लामा समेत नेकपा विप्लवको राम्रो उपस्थिति देखिएको छैन् । त्यस्तै रोल्पाको गंगा देवी गाउँपालीकामा पनि विप्लवका स्वतन्त्र उम्मेदवार चुणमणी वलीले खासै गतिलो मत प्राप्त गर्न सकेका छैनन् ।
हालसम्म सम्म विप्लव पार्टीका उम्मेदवारहरु देशै भरिको कुनै पनि पालीकामा प्रतिस्पर्धामा देखिएका छैनन् । यहि स्थानिय तहको निर्वाचनमा जाने विषयमा विवाद हुँदा विप्लव नेतृत्वको नेकपा विभाजन समेत भएको थियो ।