Media Network

विप्लवका उम्मेदवारको समर्थन एमालेलाई


खबरस्टोरी संवाददाता

१७ बैशाख २०७९,शनिबार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेदवार दुर्गाप्रसाद शर्मा उम्मेदवारी फिर्ता गरेका छन् । निर्वाचनका विषयमा पार्टी विभाजनको अवस्थामा पुगिरहेकाबेला शर्माले पार्टी केन्द्रीय समितिको १२ औं बैठकको निर्णय अक्षरशः पालना गर्दै उम्मेदवारी फिर्ता लिएको शर्माले जानकारी दिए । 

पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीको जिम्मेवार सदस्यबाट उम्मेदवारी फिर्ताको अपिल गरेका थिए । बास्तोलाको विज्ञप्तिपछि नेकपा महासचिव विप्लवले सचिवालय सदस्यद्वय बास्तोला र हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई पदमुक्त गरेका थिए । 

महासचिवको कारबाहीमा परेका नेताद्वयले शुक्रबार जवाफी विज्ञप्ति जारी गर्दै आफूहरुमाथिको कारबाहीलाई कथित कारबाही भन्दै आफै कारबाही खारेजको घोषणा गरेका छन् । पार्टी विभाजनको अवस्थामा आएपछि बास्तोला पक्षका कार्यकर्ताले उम्मेदवारी फिर्ता लिएका छन् । 

यता, पाल्पामा नेकपाका आठ जना उम्मेदवारले पनि उम्मेदवार फिर्ता लिएका छन् । फिर्ता लिएका उनीहरुलाई एमालेलाई समर्थन जनाएका छन् । 

तानसेन नगरपालिकाका साथै तिनाउ, रैनादेवी छहरा, रिब्दीकोट गाउँपालिकाकामा विप्लवका ८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । 

तिनाउ गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका भुवन जिसीसहित अन्य स्वतन्त्र उम्मेदवारहरुले एमालेलाई समर्थन गर्ने जनाएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद