Media Network

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका उम्मेदवार सिंहको अग्रता कायमै


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

वीरगञ्ज। मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले निकटतम प्रतिस्पर्धीभन्दा १८ हजार ७५८ मतान्तरले अग्रता लिएका छन् ।

गठबन्धनका उम्मेदवार सिंहले (चुनाव चिह्न छाता) ३८ हजार ४३७ मतसहित अग्रतालाई निरन्तरता दिएका हुन् भने नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले १९ हजार ६७९ मतसहित उनिसँग प्रतिस्पर्धामा छन् । हालसम्म ७७ हजार ५५७ मतगणना भएको हो । 

महानगरपालिकामा हालसम्म विभिन्न १६ वडाको मात्र मतगणना सम्पन्न भएको छ भने ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाको मतपरिमाण आउन बाँकी छ । महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीचको गठबन्धनबाट सिंह उम्मेदवार बनेका छन् । त्यस्तै नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको गठबन्धनबाट प्रमुखमा सरावगी उम्मेदवार बनेका हुन् ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद