वीरेन्द्रनगरको मेयरमा १७ जनाको उम्मेदवारी, को-को भए उम्मेदवार ?


खबरस्टोरी संवाददाता
१३ बैशाख २०७९, मंगलवार
वीरेन्द्रनगरको मेयरमा १७ जनाको उम्मेदवारी, को-को भए उम्मेदवार ?
सुर्खेत। कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा १७ जनाको उम्मेदवारी परेको छ । सोमबार भएको मनोनयन दर्तामा १७ जनाले मेयरको उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसबाट उपेन्द्र खड्का, नेकपा एमालेबाट मोहनमाया ढकाल, नेकपा माओवादी केन्द्रबाट राजेन्द्र गिरी, नेकपा एकीकृत समाजवादीबाट धनकुमारी जिसी, राप्रपाबाट मुकुन्दश्याम गिरीले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । 

जनता समाजवादी पार्टीबाट  गगनबहादुर सारु, राष्टिय जनमोर्चाबाट विष्णुप्रसाद शर्मा, नेमकिपाबाट गोविन्दनाथ योगी, राष्टिय नागरिक पार्टीबाट टिकाराम रेग्मी, नेपाल दलित पार्टीबाट निलकन्ठ भुसाल, राष्टिय प्रजातन्त्र पार्टी नेपालबाट टंकप्रसाद रेग्मी, नेपाल परिवार दलबाट दिनेशप्रसाद काफ्ले उम्मेदवारी दिएका छन् ।

यस्तै, स्वतन्त्रबाट फस्टबहादुर हमाल, चिन्तामणि शर्मा, भीमप्रसाद शर्मा, सिद्धबहादुर खड्का र उमानन्द पङ्गालीले उम्मेदवारी दिएका छन् ।