Media Network

विराटनगरको मेयरमा कांग्रेसबाट नागेश कोइराला र एमालेबाट सागर थापा उम्मेदवार


खबरस्टोरी संवाददाता

१२ बैशाख २०७९,सोमबार

काठमाडौं। नेपाली कांग्रेसले विराटनगर महानगरपालिकामा नागेश कोइरालाई उम्मेदवार बनाएको छ । उनी नेता डा. शेखर कोइराला निकट हुन् । उनि हाल पार्टीको मोरङ उपसभापतिको जिम्मेवारीमा पनि छन् । 

कोइराला परिवारबाट उनको उम्मेदवार रहने भएपछि विराटनगर महानगरको चुनावी भिडन्त रोचक हुने ठानिएको छ ।  किनभने उनीसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले आज मात्रै सागर थापालाई प्रमुख पदको उम्मेदवार बनाउने टुङ्गो गरेको छ । विद्यार्थी राजनीतिबाट आएका उनी पनि बलिया उम्मेदवार हुन् । 

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद