विराटनगरको उपमेयरमा जसपाको तर्फबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र उम्मेदवार


खबरस्टोरी संवाददाता
१२ बैशाख २०७९, सोमबार
विराटनगरको उपमेयरमा जसपाको तर्फबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र उम्मेदवार
काठमाडौँ। विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उपमेयरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव उम्मेदवार हुने भएका छन् । 

आइतबार राति बसेको पार्टीको कार्यकारिणी समितिले विराटनगरको उपमेयरमा अमरेन्द्र यादव र वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।