Media Network

विद्युत प्राधिकरणका निर्देशक कुलमानको तस्वीर माओवादीको चुनावी पोष्टरमा


खबरस्टोरी संवाददाता

३० चैत्र २०७८,बुधबार

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्वीर राखेर चुनावी प्रचार सामग्री बनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो ।

अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको हो । नेपाल सरकारका कर्मचारीलाई पार्टीको चुनावी प्रचार सामग्रीमा तस्वीरसहित प्रकाशित गरिएकोमा सामाजिक सञ्जालहरुमा आलोचना शुरु भएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद