Media Network

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण विरोधमा बंगलादेशमा हिंसक प्रदर्शन, पाँच जनाको मृत्यु


khabarstory

१५ चैत्र २०७७,आईतवार

दुईदिने भ्रमणका लागि हिजाे बंगलादेशकाे राजधानी ढाका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे भ्रमणकाे विराेधमा चटगाँवमा प्रदर्शन भएकाे छ । त्यस क्रममा भएकाे झडपमा पाँच जनाकाे मृत्यु भएकाे बीबीसीले उल्लेख गरेकाे छ । 

ढाकामा पनि प्रदर्शन

मोदी भ्रमणकाे विरोधमा हिजाे ढाकाकाे बैतुल मुकर्रम क्षेत्रमा पनि विराेध प्रदर्शन भएकाे थियाे । यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कैयाैं पत्रकारसमेत घाइते भएका छन् । 

बंगलादेशी मिडियाकाे रिपाेर्टअनुसार चटगाँवमा जुमेकाे नमाजपछि हथाजरी मदरसेबाट विराेध मार्च निकालिएकाे थियाे, त्यसपछि हिंसक झडप भएकाे हाे । झडपमा प्रदर्शनकारीसँगै कैयाैं प्रहरी घाइते भएका छन् । 

केही दिनयता कतिपय मुस्लिम नेता र वामपन्थी संगठनहरू भारतीय प्रधानमन्त्री मोदीकाे बंगलादेश भ्रमणकाे विरोधमा र्‍यालीहरू निकालिरहेका थिए । उनीहरूकाे दाबीअनुसार शेख मुजीबुर रहमानले एक धर्मनिरपेक्ष राष्ट्रका लागि संघर्ष गरेका थिए, तर मोदी साम्प्रदायिक छन् ।

RITZ

Shikhar Insurance

माेदी बंगलादेशी समकक्षी शेख हसिनाकाे निम्ता स्वीकार्दै हिजाे बंगलादेश गएका हुन् । उनी बंगलादेश स्वतन्त्रताकाे ५० वर्ष एवं संस्थापक शेख मुजीबुर रहमानकाे जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन् । 

 

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७, ०७:३७:००

Share:
Reaction :
ताजा समाचार
खेलकुद