Media Network

डब्लूएचओले भन्यो - प्रयोगशालाबाट होइन, जनावरबाट मानिसमा कोरोना भाइरस सर्‍यो


khabarstory

१५ चैत्र २०७७,आईतवार

चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोना भाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ ।

एसोसिएटेड प्रेस (एपी) लाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोना भाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख छ ।

अनुसन्धानका नतिजा यसअघि अपेक्षा गरिएअनुरूप नै आएको तथा त्यसमा धेरै प्रश्न अनुत्तरित रहेका छन् । यस टोलीले प्रयोगशालाबाट भाइरस बाहिरिएको बाहेक अन्य सबै पक्षमा अनुसन्धान गर्न सुझाव दिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्न पटकपटक ढिलाइ गरिएको छ । चिनियाँ अधिकारीले प्रतिवेदनका निचोडलाई लिएर विवाद गरेको आशंका भइरहेको अवस्थामा डब्लूएचओका एक अधिकारीले गत सप्ताहान्तमा केही दिनभित्रै प्रतिवेदन तयार भइसक्ने जानकारी गराएका थिए ।

एपीले जेनेभास्थित डब्लूएचओको कार्यालयका एक कूटनीतिज्ञबाट सोमबार अन्तिम मस्यौदा प्रतिवेदन प्राप्त गरेको थियो । तर उक्त प्रतिवेदन अन्तिम चरणमा परिवर्तन हुने वा नहुने बारेमा भने केही स्पष्ट छैन ।

अनुसन्धाताहरूले चार वर्गमा परिस्थितिलाई चित्रण गरेका छन् । जसमा चमेरोबाट अर्को जनावर हुँदै मानिसमा कोरोना भाइरस संक्रमण भएको स्थितिलाई प्रमुख रूपमा समेटिएको छ । चिसोमा राखिएको माशुजन्य वस्तुबाट कोभिड संक्रमण हुने खतरा रहे पनि त्यसमा त्यति बढी सम्भावना देखिएको छैन ।

कोभिड मानिसमा फैलिने सबैभन्दा निकटतम् सम्भावना चमेरा नै रहेको अध्ययनमा भनिएको छ । तथापि, प्रतिवेदनमा चमेरामा हुने भाइरस र सार्स–कोभ–२ भाइरस बीचको उत्पत्तिको समयावधि भने धेरै दशक हुन सक्ने देखिएको छ ।

प्रतिवेदनमा धेरै मिल्दोजुल्दो भाइरस सालक (प्यान्गोलिन)मा पनि भेटिएको उल्लेख छ, तर मिन्क (पानी र जमिनमा बस्ने एक प्रकारको सरिसृप जीव) र बिरालोमा पनि कोभिड भाइरस संक्रमण हुने खतरा देखिएको छ । यी जीवजन्तुबाट पनि कोभिड फैलिन सक्ने खतरा बढी देखिएको प्रतिवेदनमा भनिएको छ ।

RITZ

Shikhar Insurance

उक्त प्रतिवेदन डब्लूएचओको अन्तर्राष्ट्रिय विज्ञहरूले कोभिड फैलिएको उद्गमस्थल वुहानको भ्रमणमा आधारित छ ।

उहान मिसनको नेतृत्व गर्ने डब्लूएचओका विज्ञ पिटर बेन इम्बारेकले शुक्रबार प्रतिवेदनले अन्तिम स्वरूप पाइसकेको बताउँदै यसका केही तथ्यजाँच र अनुवादको काम भइरहेको जानकारी दिए ।

'मेरो विचारमा केही दिनभित्रै सम्पूर्ण प्रक्रिया पूरा भइसक्नेछ र यसलाई सार्वजनिक गरिनेछ,' उनले भने ।

 

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७, १४:०२:००

Share:
Reaction :
ताजा समाचार
खेलकुद