Media Network

म्यानमारमा दिनभर हिंसा, रातभर सैनिक जर्नेलको भव्य पार्टी


khabarstory

१५ चैत्र २०७७,आईतवार

म्यानमारमा शनिबार आर्म्ड फोर्सेज डे थियो । सोही दिन सेनाको चेतावनीका बाबजुत त्यहाँका नागरिकले सैनिक शासनको विरुद्धमा प्रदर्शन गरे । प्रदर्शनमा सुरक्षा बलले चलाएको गोली लागेर कम्तीमा ९० जना सर्वसाधारणको मृत्यु भएको समाचार छ ।

तर, ९० जना प्रदर्शनकारी मारिएको भए पनि म्यानमारका सेना प्रमुख मिन आङ लाई तथा सेनाका जर्नेलले रातभर भव्य पार्टी गरे । आइतबार विहान मृतकको अन्तिम संस्कार गर्दै गर्दा पनि सेनाले हस्तक्षेप गरेको बीबीसीले जनाएको छ ।

शनिबार ९० जनाको मृत्यु भए पनि सेनाको कदमविरुद्धको प्रदर्शन भने रोकिएको छैन । सेनाले गत फेब्रुअरीमा शासनसत्ता आफूले लिएपछि हालसम्म ४ सयभन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ । त्यसमा पनि शनिबार सबैभन्दा हिंस्रक दिन बन्यो ।

शनिबारको हिंसालाई लिएर विश्वका थुप्रै देशले भर्त्सना गरेका छन् ।

RITZ

Shikhar Insurance

 

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७, ०६:३४:००

Share:
Reaction :
ताजा समाचार
खेलकुद