Media Network

रुसी सैन्य बिमान खसालिदिएको युक्रेनी सेनाको दाबी


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

किभ । युक्रेनी सेनाले रुसी सेना चढेको एउटा सैन्य विमान राजधानी किभ नजिकै खसालिदिएको दाबी गरेको छ । 

रुसी प्याराट्रुप्स सवार विमानलाई किभबाट ४० किलोमिटर दक्षिणमा रहेको सहर भासीलकिभनजिकै खसालिदिएको युक्रेनी सेनाले दाबी गरेको छ । यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । रुसी सेनाले यसबारे कुनै टिप्पणी गरेको छैन । 

विमानबाट प्यारासुटमार्फत सेनालाई झार्ने खोजीरहेका बेला रुसी आइएल–७६ एमडी सैन्य विमानलाई युक्रेनी लडाकु विमानले शनिवार खसालिदिएको त्यहाँको रक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा जनाएको छ । 

विमान निर्माता कम्पनीका अनुसार आइएल–७६ एमडीले १६७ जना सैनिक र बढीमा ७ जनासम्म चालक दलका सदस्य बोक्ने क्षमता राख्छ । 

युक्रेनका सैन्य कमान्डरले आफ्नो फेसबुक पेजमा रुसी सैन्य विमान खसालेको संकेत गर्दै सन् २०१४ मा रुसले युक्रेनी विमान खसालेको घटनाको स्मरण गरेका छन् ।

यसैबीच शनिबार रुसी सेनाले गरेको हमलामा कुनै मानवीय क्षति नभएको समेत ती कमान्डरले दाबी गरेका छन् । (एजेन्सी)

Share:
Reaction :
ताजा समाचार
खेलकुद