Media Network

सिङ्गापुरद्वारा रुसमा आर्थिक प्रतिबन्धको घोषणा


खबरस्टोरी संवाददाता

२१ फाल्गुन २०७८,शनिबार

काठमाडौं । रुसले युक्रेनमा गरेको आक्रमणको विरोधमा सिंगापुरले रुसमाथि आर्थिक प्रतिबन्धको घोषणा गरेको छ । 

सिङ्गापुरले रुसबाट हुने सामानको आयातलाई सीमित गर्ने र केही रुसी बैंकमाथि प्रतिबन्ध लगाउने बताएको छ ।

साथै सिङ्गापुरले रूस र रूसको केन्द्रीय बैंकसँग सहयोग गर्न सक्ने कुनै पनि वित्तीय संस्थासँग क्रिप्टोकरेन्सी लेनदेनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

सिङ्गापुरले रुसविरुद्ध उपयुक्त प्रतिबन्ध लगाउन धेरै समान विचारधारा भएका देशहरूसँग मिलेर काम गर्न चाहेको सिङ्गापुरका विदेशमन्त्री भिभियन बालकृष्णले यसअघि संसदमा भनेका थिए । 

सिंगापुर आफ्नो क्षेत्रीय छिमेकीहरूमा प्रतिबन्धहरू लगाउने पहिलो देश हो । यद्यपि दक्षिणपूर्वी एसियाली राष्ट्र संघ (आसियान) का अन्य सदस्य राष्ट्रहरूले रुसको कदमको निन्दा गरेका छन् । (एजेन्सी)

Share:
Reaction :
ताजा समाचार
खेलकुद