Media Network

युक्रेनमा चौथो दिन पनि रुसी हमला जारी, २४० सर्वसाधारण हताहत


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

मस्को । शक्ति राष्ट्र रुसले युक्रेनमा आज चौंथो दिन पनि लगातार आक्रमण गरिरहेको छ । रुसी आक्रमणबाट कम्तिमा २४० सर्वसाधारणको हताहत  भएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघकाअनुसार ६४ जना सर्वसाधारण मारिएका छन् । 

रुसी आक्रमणबाट थुप्रै घर तथा भवनहरु क्षतिग्रस्त भएका छन् । जसका कारण हजारौं नागरिकमा विजुली र पानीको अभाव भएको छ । १ लाख ६० हजार भन्दा बढी नागरिक विस्थापित भएको पनि राष्ट्रसंघले जनाएको छ । 

रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला जारी राखेको छ । रुसी हमलामा ५० लाख मानिस शरणार्थी बन्न सक्ने युक्रेन सरकारको अनुमान छ । राजधानी किभभन्दा बाहिरी सहरमा रहेको भासीलकिभस्थिते तेल डिपो रुसी आक्रमणमा प्रभावित भएको छ । 

गोलाबारी र बम हमलामा क्षतिग्रस्त सो डिपोबाट विषालु धुँवा निस्किरहेको भन्दै राष्ट्रसंघले मानिसहरुलाई घरभित्रै बस्न आह्वान गरेको छ । राजधानी किभका बासिन्दाहरु यसअघि नै ज्यान जोगाउन भूमिगत आश्रयमा शरण लिइरहेका छन् । (एजेन्सी)

Share:
Reaction :
ताजा समाचार
खेलकुद