Media Network

युक्रेनमा दोस्रो दिन पनि रुसी हमला जारी, १३७ युक्रेनीको मृत्यु


खबरस्टोरी संवाददाता

१३ फाल्गुन २०७८,शुक्रबार

मस्को । रुसी फौजले युक्रेनमा वृहत हमला गरेको छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको छ । 

रुसी हमलामा १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् ।  मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन् । 

रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् ।

(एजेन्सी)

Share:
Reaction :
ताजा समाचार
खेलकुद