Media Network

२४ घण्टासम्म पनि खुलेन नवलपुर खण्डको बाटो


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने–गैंडाकोट खण्डको अरुणखोलामा अवरुद्ध सडक २४ घण्टा भन्दा बढी भइसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । 

सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन भत्किएपछि बुधबार विहान ६ बजेदेखि यातायात अवरुद्ध बनेको थियो । राजमार्गको तीन ठाउँमा डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको हो । 

विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरेखोला, मध्यबिन्दु नगरपालिका–१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीन डाइभर्सन बाढीले बगाएको थियो । 

पानी परेका कारण डाइभर्सन बनाउन समस्या भएको प्रहरीले जनाएको छ ।  

बुधबार विहान ६ बजेदेखि रोकिएका यात्रुहरुलाई मध्यबिन्दु नगरपालिका १० का युवाहरुले बेलुका भूपूचोकस्थित सडकमै खाना पकाएर निःशुल्क भोजन गराएका थिए ।  

याे पनि पढ्नुस् ः

अलपत्र यात्रुलाई सडकमै भोजन (फोटोफिचर)


Share:
Reaction :
ताजा समाचार
खेलकुद