जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।
राज्यमन्त्री वलीले मंगलबार लुम्बिनी प्रदेशकै एक महिला र बालिकामाथि कुटपिट गरेको आरोप छ । उनले ती महिलाको घरमा गएर तोडफोडसमेत गरेको आरोप छ ।
उनीविरुद्ध किटानी जाहेरी परे पनि प्रहरीले दर्ता भने गरेको छैन । यही घटनाबारे सत्य तथ्य बुझ्नका कार्यदल बनाएको हो ।
यो पनि पढ्नुस् ः
राज्यमन्त्री विमलालाई डिप्रेसनको लक्षण, ‘एकराज खोई ?’ भन्दै बर्बराउँछिन्