सुनापती हिलेदेवीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस मंगलबार विहान सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको थियो । बस दुर्घटनामा परि ९ जनाको घटनास्थलमा नै र ४ जनाको बनेपा अस्पतालमा मृत्यु भएको थियो ।
घटनास्थलमा मृत्यु हुनेमा सुनापती गाउँपालिका ५ की २६ वर्षीया समरिता तामाङ, ६० वर्षीय ठुला तामाङ, ३६ वर्षीय ढुकुरे भन्ने खड्कबहादुर विक, २२ वर्षीया विपना तामाङ, ३६ वर्षीया सन्जु आलेमगर, काभ्रे रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका ८ का १८ वर्षीय सुदिप गजमेर, मण्डनदेउपुर गाउँपालिका ९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर विक रहेका छन् ।
यस्तै,सुनापति गाउँपालिका ५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, सोही वडामा २४ वर्षीय बुद्ध तामाङ र ६० वर्षीया नेमा तामाङ तथा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ९ की ३५ वर्षीया धनमाया तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते २१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यो पनि पढ्नुस्