Media Network

अभिनेता पल शाहविरुद्ध समीक्षाले दिइन् प्रहरीमा जाहेरी


खबरस्टोरी संवाददाता

११ फाल्गुन २०७८,बुधबार

काठमाडौं । मोडल तथा अभिनेता पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ । नाबालिगमाथि यौनजन्य अपराध गरेको भन्दै गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाहविरुद्ध आज जाहेरी दर्ता गरेकी हुन् ।

गीतको सुटिङका क्रममा डेढ वर्षअघि पोखरा गएका पल शाहले माया जालमा फसाएर यौन शोषण गरेको समिक्षा आफैले खुलासा गरेकी छन् । जसको अडियो फुटेज यतिबेला सामाजिक सञ्जालहरु तिर व्यापक भाइरल बनेको छ ।

समीक्षा उमेरले १७ वर्षकी छिन् । नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरी÷बालिकासँग सहमतिमै राखेको यौन सम्बन्धलाई पनि जबर्जस्ती करणी मान्छ । कानुनी रुपमा हेर्नुपर्दा उनीमाथि जवर्जस्ती करणीको मुद्दा आकर्षित हुन्छ।



पल र समीक्षाबीचको सम्बन्ध पुष्टि हुने यथेष्ट प्रमाणहरू बाहिर आइसकेको भएतापनि पलले भने आरोप अस्वीकार गरेका छन्् । उनले हिजो सामाजिक सञ्जालमा आफ्नो स्पष्टीकरण दिदै सार्वजनिक भएको अडिओ नै ‘फेक’ हुन सक्ने बताएका थिए ।

समीक्षाको बुवा आमाको समेत उपस्थितीमा जिल्ला प्रहरी कार्यालय तनहुँमा समीक्षाले जाहेरी दिएको प्रहरी स्रोतले जनाएको छ ।जाहेरीअघि प्रहरीले समीक्षाको अडिओ÷भिडिओ बयानसमेत लिएको थियो ।

यो विषयमा खबरस्टोरीले हिजो मात्रै गहिराईमा समाचार तयार पारेको थियो जसमा यदी अभियोग प्रमाणित भएमा नायक पल शाहमाथि के कस्ता कानुनी प्रक्रिया अघि बढ्छन, पुरा थाहा पाउन तलको लिकंमा जानसक्नुहुनेछ ।


-  १६ वर्षे समीक्षालाई कसरी फसाए पल शाहले

-  नायक पल शाहको प्रतिक्रिया- समिक्षालाई प्रतिस्पर्धि साथीहरुले उकासे,जसको प्रमाण मसँग 

-  पल–समीक्षा काण्डः अभिनेता पललाई हुनसक्छ दशदेखि बाह्र वर्षसम्मको जेल सजाय





Share:
Reaction :
ताजा समाचार
खेलकुद