Media Network

हिंसा भड्किएपछि नेपालसहित १३ देशका राजदूत भाजपा मुख्यालयमा


खबरस्टोरी संवाददाता

२९ जेष्ठ २०७९,आईतवार

काठमाडौं । भारतमा भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता नुपुर शर्माले दिएको विभाजित अभिब्यक्तिले आन्दोलन भड्किएपछि सत्तारुढ भाजपाले नेपालसहित १३ देशका राजदूतसँग पार्टी मुख्यालयमा छलफल गरेको छ । 

पैगम्बर मुहम्मदमाथि प्रवक्ता शर्माबाट भएको विवादित टिप्पणीले भारतका १२ राज्यमा शुक्रबारदेखि आन्दोलन चर्किएको छ । आन्दोलन चर्किँदै गर्दा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मासहित विभिन्न १६ देशका राजदूतलाई भाजपाले पार्टीको नीति कार्यक्रमबारेमा स्पष्ट गरेको हो । 

भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले नेपालसहित अष्ट्रिया, क्रोएसिया, चेक रिपब्लिक, इस्टोनिया, फिनल्याण्ड, जमैका,  लिथुआनिया, मोरिसस, सर्बिया, स्पेन, थाइल्याण्ड र बेलायतका राजदूतलाई शनिवार मुख्यालयमा बोलाएर पार्टीको दृष्टिकोण, नेतृत्व र कार्यक्रमबारे जानकारी गराएका थिए ।

विदेशमन्त्री जयशंकरले भाजपालाई बुझ्ने अभियानअन्तर्गत राजदूतहरुलाई बोलाएर छलफल गरिएको उल्लेख गरेका छन् । छलफलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि सहभागी थिए । 

यो पनि पढ्नुस् ः

भारतमा हिन्दु–मुश्लिम विवादः एकसाथ १२ राज्यमा हिंसा


Share:
Reaction :
ताजा समाचार
खेलकुद