शनिवार बसेको सर्वदलीय बैठकले प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिनुपर्ने निश्कर्ष निकालेको थियो । सर्वदलीय बैठकपछि सामाजिक ट्वीटरमा ट्वीट गर्दै विक्रमासिंघले सर्वदलीय बैठकको सिफारिसलाई स्वीकार गर्ने बताएका हुन् ।
शनिवार दिउँसो मात्रै श्रीलङ्काको राजधानी कोलम्बोमा ठूलो संंख्यामा प्रदर्शनकारीहरुले सुरक्षा घेरा तोडेर राष्ट्रपति भवनभित्रै प्रवेश गरेका थिए ।
शनिवारको यति ठूलो प्रदर्शनकारीहरु राष्ट्रपति भवनमै प्रवेश गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
राष्ट्रपति उनको सरकारी आवासबाट भागेको खबर आएपछि प्रधानमन्त्री विक्रमासिङ्घेले नै सर्वदलीय बैठक बोलाएका थिए ।
-एजेन्सी