Media Network

बास्तोला भन्छन्– बहुमत हामीसँग छ, विप्लव र प्रकाण्डले पार्टी छोड्ने अवस्था आउँछ


खबरस्टोरी संवाददाता

१५ बैशाख २०७९,बिहीबार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट निकालिएका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले आफूहरुसँग बहुमत रहेको दाबी गरेका छन् ।  बुधबार बेलुका धापाखेलस्थित आफ्नै निवासमा खबरस्टोरी टिमसँग कुराकानी गर्दै उनले महासचिव विप्लव र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले पार्टी छोड्नुपर्ने अवस्था आउने बताए । 

नेता बास्तोलले आफूहरुले नयाँ पार्टी बनाउनु नपर्ने पनि स्पष्ट गरे । ‘नयाँ पार्टी बनाउने हो भने त विप्लव, प्रकाण्डहरुले बनाउनु पर््यो’, बास्तोलाले प्रश्न गरे, ‘हामी त अहिले बोल्सेविक । हामीले किन नयाँ पार्टी बनाउनु पर्यो ? पार्टी छोड्ने हो भने विप्लव र प्रकाण्डहरुले छोड्नुपर्ने उनले बताए ।  

पार्टी कारबाहीमा परेका बास्तोलले अहिले आफूहरुको नीति कार्यान्वयन भइरहेको दाबी गरे । विप्लवले पार्टीको नीति चार दिनमै तिरस्कार गरेको उनले आरोप लगाए । विप्लवले वैठक सकेको चार दिनमै पार्टी नीति तिरस्कार गरेको उनले दाबी गरे । कपिलवस्तु बैठक १४ गते सकिएपछि १८ गते जिल्लाका सेक्रेटरीहरुको प्रशिक्षणमा विप्लवले आफ्नो लाइन चुनावमा जाने हो भनेर स्पष्ट भनेको बास्तोलाले बताए ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद