भुसालले निर्वाचनमा एमालेको पराजय पार्टी अध्यक्ष केपी ओलीको कारण भएको भन्दै राजीनामा दिनुपर्ने हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा बताएका थिए । सोही अन्तर्वार्तालाई लिएर एमालेभित्र तरंग उत्पन्न भएको छ । अनुशासन आयोगले कारबाही सिफारिस गरे पनि एकथरीले कारबाही गर्दा पार्टीले पुनः अर्को क्षति ब्यहोर्नुपर्ने भन्दै कारबाही रोक्न माग गरेका छन् ।
एमाले केन्द्रीय कार्यालयको बसेको थियो । कार्यालय बैठकले बैठकले सचिवालयका लागि चार वटा एजेन्डा तय गरेको छ ।
स्थानीय तह निर्वाचनको समीक्षा गर्न भनै एमालेले सोमवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बोलाएको छ ।
निर्वाचनको समीक्षासँगै स्थानीय तहका जनप्रतिनिधिका लागि प्रशिक्षण, केन्द्रीय विभागको पूर्णता र समसामयिक राजनीतिक परिस्थितिका एजेन्डामा छलफल हुने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने गरी एजेन्डा तय गरेको छ ।
सचिवालय बैठकमा एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट पनि पेस गरिने भएको छ ।
आइतबार बसेको कार्यालय बैठकमा अनुशासन आयोगले अध्यक्ष ओलीसमक्ष नेता भुसाललाई कारबाही गर्न सिफारिस गरेको छ । भुसालबाट अनुशासन उल्लंघन भएको भन्दै अनुशासन आयोगका अध्यक्ष केशव बडालले केन्द्रीय कमिटीसमक्ष कारबाहीका लागि सिफारिस गरेका छन् ।
स्थानीय तह निर्वाचनमा एमालेले धेरै ठाउँमा पराजय ब्यहोरेको भए पनि सत्ता गठबन्धनका घेराबन्दीका बाबजुद लोकप्रिय मतमा पहिलो बनेको छ । २०७४ सालको स्थानीय तहमा २९४ ठाउँमा प्रमुख पदमा जितेको एमालेले यसपटकको स्थानीय तह निर्वाचनमा २०५ स्थानीय तहको नेतृत्व जितेको छ । स्थानीय यसपटकको स्थानीय तहको निर्वाचनमा ६ वटा महानगरमा नै एमालेले पराजय भोगेको छ भने ११ उपमहानगरपालिकामध्ये घोराही र तुल्सीपुर उपमहानगरको मेयर जितेको छ भने गठबन्धनका बाबजुद गठबन्धनले मेयर जितेको अन्य ठाउँमा उपमेयर जितेको छ । काठमाडौं महानगरमा पनि स्वतन्त्रले मेयर जित्दा एमाले उपमेयर जितेको छ ।
यो पनि पढ्नुस्ः
ओलीको राजीनामा कि घनश्यामलाई कारबाही ?