Media Network

मन्त्रालयमा सहमति, ल्याण्डफिल साइटमा अवरोध


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौं । फोहोर फाल्न अवरोध भएकाले लामो समयदेखि थुप्रिएको काठमाडौंको फोहोर उठाउने मन्त्रालयमा सहमति भए पनि ल्याण्डफिल साइटमा अवरोध सिर्जना भएको छ । 

सहरी विकास मन्त्रालयमा ल्याण्डफिल साइट रहेका धुनिवेशी नगरपालिका र ककनी गाउँपालिका तथा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच सोमबार फोहोर फाल्ने विषयमा त्रिपक्षीय सहमति भएको थियो । 

मंगलबारदेखि नै फोहोर फाल्ने सहमति भए पनि ल्याण्डफिल साइट रहेको बञ्चरेडाँडाका स्थानीयले फोहोर फाल्न अवरोध गरेका छन् । 

सहमतिपछि मंगबार काठमाडौंको फोहोर उठाएर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका छन् । 

११ दिनदेखि काठमाडौं तथा ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेपछि महानगरले सडकको फोहोरको थुप्रोमा औषधि छरेर दुर्गन्धमुक्त गराउने प्रयत्न गर्दै आएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद