Media Network

स्थानीय चुनावले मुलुकलाई कतातिर लैजाला ?


उमेश थापा

२० बैशाख २०७९,मंगलवार

आसन्न स्थानीय चुनावको प्रचारप्रसारका निमित्त पैसाको खोलो बगाउने कामको सुरु भएको छ । राजनीतिक दलका नेता वा चुनावमा उठ्ने व्यक्तिहरुले मोटो रकम खर्च गर्ने कामको थालनी गरिसकेका छन् । यो पैसा मासु, पेट्रोल, डिजेल, जाँडरक्सी आदिमा खर्च गरिरहेको पाइन्छ । अहिले मुलुकमा आर्थिक संकट आएको छ । व्यापार घाटा बढ्दो छ ।

चुनावमा जनताको भोट लिएर आफैं पदमा पुग्ने क्षमता कसैमा पनि देखिएको छैन् । पदका निम्ति पैसाको आडमा भोट किन्ने काम भइरहेको छ । जनताको मन जितेर भोट लिई विजय हुनुपर्ने ठाउँमा काम गर्ने नसक्ने जनप्रतिनिधिहरु पैसा खर्च गरेर चुनाव जित्ने कोसिस गरिरहेका छन् ।

अहिले टिकट पाउने मेयर, उपमेयर, वडाध्यक्षले टिकट लिएको ठुलो रकम बुझाएको कुरा लुकाएर लुक्दैन । यिनीहरुलाई जनताले राम्रोसँग चिनेको भए र पार्टीले विश्वास गरेको भए टिकट लिनका लागि पैसा खर्च गर्नु पर्दैन नि ? टिकट पनि पैसा खर्च गरेर किन्ने, पैसा खर्च गरेर चुनाव जित्ने । पछि कुर्सीमा पुगेपछि उसले खर्च गरेको पैसा उठाउनको लागि भ्रष्ट्राचार गर्ने गर्दछन् ।

राजनीतिक दलका नेतादेखि वडाध्यक्षसहितको एउटै योजना सात पुस्ता लागि सम्पत्ति जोड्ने । यता, देश र जनतालाई कंगाल बनाउने । अझै हामी नेता हो, समाजसेवी हो भन्दा यिनीहरुलाई अप्ठ्यारो लाग्दैन । अब जनताले यी नेताहरुलाई मत दिएर कुर्सीमा पुर्‍याउनु भनेको स्वतन्त्र रुपमा भ्रष्टाचार गर्ने बाटो खुल्ला गरिदिनु हो ।

जनताले तिरेको करबाट तलब भत्ता खाने, ठेक्का पट्टा लगाउने कमिशन खाने । राम्रो छवि नभएको नेतालाई पदमा पुर्‍याउनु पनि जनताको गल्ती हो । राजनीतिक पार्टी जनताबाट नंगिसकेका छन् । जनताले राजनितिक दलका नेतालाई भ्रष्टचारी, शोषण, सामान्ती हो भनेर चिन्छन् ।

राजनीति दलले सेवा दिनुपर्ने ठाउँमा व्यापार गरेका छन् । जनताहरु राजनीतिक दलसँग वाक्कदिक्क भइसकेका छन् । राजनीति दलहरु कहिले पनि जनता र राष्ट्रप्रति जिम्मेवारी बनेनन् । नेपालमा निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दलहरुले देशमा भ्रष्टाचारमा पनि रोक लगाउन सक्दैन ।

विदेशी ऋण पनि तिर्न सक्दैन् । यिनीहरुबाट विकास होईन विनाश हुन्छ भनेर जनताको मनमा परेको छ । निवार्चनका निम्ति नेपाल सरकारले ऋण वा सहयोग लिने योजना बनाएको छ । निर्वाचनपछि देशको अर्थतन्त्र कस्तो होला ? खाधान्न संकट हाहाकार होला ? विदेशी ऋण तिर्ने नसक्दा नेपाल रहला कि नरहला ? अब नेपालका अर्थतन्त्र सुर्धिदै गएको भन्दा बिग्रदैं गएको अर्थविद् तारन्तार भनिरहेका छन् । अहिले चुनावी खर्च व्यापारीसँग उठाएका छन् ।

भोलि चुनाव जितिसकेपछि व्यापारीले सामानको मुल्य बढाउनको लागि दबाब दिन्छ । चुनावपछि झन् मँहगी बढ्ने आशंका गरिएको छ । आर्थिक कमजोर भएका व्यक्तिहरुसँग मँहगी कारण मुत्युबाहेक अरु कुनै बिकल्प छैन् । यी नेताहरुले मँहगी पनि घटाउन सक्दैन् । विदेशी ऋण पनि तिर्ने सक्दैन्, भ्रष्टाचार नियन्त्रण पनि गर्ने सक्दैनन् ।

अहिले नेपालमा भएका नेताहरुलाई जनताले भ्रष्टाचारी र अक्षम नेता भनेर चिन्छन् । अब यी नेताहरुसँग जनताले विकासका आशा राख्नु भनेको ‘मरेको मान्छे कहिले फिर्ता आउँछ ?’ भन्नु जत्तिकै हो । नेपालको नेताहरुले जनतालाई ढाँटेर, एउटा नेताले अर्कोलाई गाली गरेर र आफैं कुर्सीमा पुग्ने भ्रष्टाचार गर्ने आफन्तलाई पनि कुर्सीमा पुर्‍याउने योजना मात्र बनाएका छन् ।

अब जनताले नयाँ विकल्प खोजेनन् भने अहिले भएका राजनीतिक दलले नेपाललाई श्रीलंकाको हालमा पुर्‍याईदिन्छन् । अब जनताहरु कुनै पार्टीको कार्यकर्ता भन्नु वा पार्टीको झोला बोकेर हिड्नुभन्दा पहिला देशको बारेमा सोच्ने बेला भएको छ । देशलाई दुर्घटनाबाट बचाउनको लागि सबै जनता जिम्मेवार हुनुपर्छ ।

जनताहरुले वित्तिय संस्थामा लगेर पैसा राख्न छाडिसके । अहिले यी संस्थाहरु पैसा नभएर टाट पल्टिसकेका छन् । सेयर र घरजग्गाको बिक्री वितरण ठप्प बनिसकेको छ । मान्छेहरुले हजार र पाँच सयको नोट लुकाइसकेका छन् । वित्तिय संस्थाले विश्वासनीयता गुमाइसकेका छन् ।

व्यापारीहरुले दैनिक पैसा जम्मा गर्न छोडिसकेको पाइन्छ । चुनावपछि देश कता जान्छ ? अर्थतन्त्रको हालत कस्तो हुन्छ ? भनेर धेरै नेपाली चिन्तित भइसकेका छन् । चुनावपछि झन् आर्थिक तरलता र देशमा भोकमारी लाग्छ भनरे गफ गरेको कुरा चोकचोकमा सुनिन्छ । तर, नेताहरुलाई देश र जनताको चासो छैन ।

आफ्नो पार्टी वा उम्मेदवारी उठाएको व्यक्तिले चुनाव जित्छ कि जित्दैन ? भन्ने मात्र चासो छ । जनताहरु पनि यो पार्टी र त्यो पार्टीको कार्यकर्ता हु भनेर हिड्नु बेकार देखिएको छ । नेताहरुले गर्दा देशको हालत यस्तो भएको हो । नेताहरुको कारण देश बिग्रियो भने जनताले दुःख पाए । ’त ठूलो कि म ठूलो’ भन्ने लुछाचुडीले गर्दा मुलुकको दुर्गति बढ्यो ।

जुनसुकै राजनीति दल चुनाव जितेर पहिलो पार्टी बनेपनि कुनैसंग देशलाई सही ट्रयाकमा लान सक्ने क्षमता छैन । अहिले नेपालमा भएका राजनीति दलका नेताहरुको पृष्ठभुमि केलाउने हो भन्ने एउटा वडा चलाउन नसक्ने व्यक्तिहरु देशको प्रधानमन्त्री भएका छन् । अहिले देशमा भएको राजनीतिक पार्टीका अध्यक्ष वा सभापतिहरु जनताले देखिसकेका छन् ।

कुनै नेतालाई बोल्न आउँदैन, कुनै नेतालाई आश्वासन दिनुबाहेक अरु केही आउदैन् । कोही उखानटुक्का बाहेक अरु केही भन्दैनन् । नेपालको राजनीतिक दलहरु दिनभरि भारतको विरोध गर्छन् तर रात परेपछि भारतीय राजदूतावासमा पुगेर यहाँ भएका गतिविधि कोट्याउछन् ।

नेपालका राजनीति दलका नेताहरु भारतले पालेका दलाली हुन् । नेताहरुलाई जनता र नेपालको माया भएको भए यसरी ऋणको दलदलमा सायदै फस्थ्यो होला । नेपाली जनताहरु पनि खान नपाएर भोकभोक मर्ने स्थिति आउदैन् थियो होला । पञ्चयाती व्यवस्था विरोधमा भारतमा लुकेर बस्दा भारतीय सरकारले यी दलालीहरुको कानमा के के फुकेर पठाएछन् ।

 ०४६ सालभन्दा पछाडि नेपाल विकास होइन विनाशतर्फ गयो । ०४६ साल भन्दा अगाडि नेपाली जनताको टाउकोमा विदेशी ऋण थिएन । अहिले एक जना नेपालीको टाउकोमा ७० हजार पुगेको छ । यही ऋण लगाउनको लागि ०४६ साल पछाडिको व्यवस्था आएको रहेछ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद