Media Network

श्रीलङ्काका राष्ट्रपति राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने


खबरस्टोरी संवाददाता

२६ असार २०७९,आईतवार

काठमाडौं । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले यहि जुलाई १३ तारिखमा राजीनामा दिने भएका छन् । श्रीलंकाको राजधानी कोलम्बोस्थित राष्ट्रपति भवन प्रदर्शनकारीहरुले कब्जा गरेपछि राष्ट्रपति राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले जानकारी दिएका छन् । 

जुलाई १३ मा राजीनामा दिने आफ्नो मनसाय भएको भनी आफूलाई बताएको सभामुख यापाले जानकारी दिए । 

श्रीलंकामा आर्थिक संकटलाई लिएर महिनौंसम्म चलेको अशान्तिपछि राजपाक्षेको राजिनामाको माग गर्दै प्रदर्शनकारीहरूले शनिवार सुरक्षा घेरा तोड्दै राजपाक्षेको सरकारी निवासमा आक्रमण गरेका थिए । 

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले राजीनामा दिने घोषणा गरेको केही घण्टामै प्रदर्शनकारीहरूले उनको निजी निवासमा आगजनी गरेका थिए ।

याे पनि, 

राष्ट्रपति भवनमै जब लाखौं श्रीलंकाली जनता प्रवेश गरे...

श्रीलंकाका प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा


Share:
Reaction :
ताजा समाचार
खेलकुद